Rule 21
मतदाता नामावलीमा दाबी विरोधको लागि दरखास्त दिन सक्ने
नियम ९ को उपनियम (३) वा नियम १६ वा २० बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै व्यक्तिको नाम ऐन र यस नियमावली बमोजिम समावेश हुन नसक्ने कारण भएमा सोही निर्वाचन क्षेत्रको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको कुनै मतदाताले सोको कारण खुलाई कार्यक्रममा उल्लिखित अवधिभित्र अनुसूची–७ बमोजिमको ढाँचामा नियम ९ को उपनियम (३) र नियम १६ बमोजिम प्रकाशित मतदाता नामावलीमा रहेको नामको हकमा सहायक नाम दर्ता अधिकारी समक्ष र नियम २० बमोजिम
प्रकाशित मतदाता नामावलीमा रहेको नामको हकमा प्रमुख नाम दर्ता अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।